परिचय

यस गोसाईकुण्ड गाउँपालिकाको वडा नं. ५ मा अवस्थित अति रमणिय पर्यटकीय क्षेत्र गोसाईकुण्ड तालको नामबाट नामाकरण गरिएको गोसाईकुण्ड गाउँपालिका रसुवा जिल्लाको उत्तरी भेगमा अवस्थित छ । यस गाउँपालिकाको क्षेत्रफल ९७८.७७ बर्ग किलोमिटर रहेको छ जुन अन्य चार गाउँपालिकाको तुलनामा ठूलो हो । यस गाउँपालिकामा कुल ७१४३ जनसंख्या रहेको छ । प्राकृतिक हिसाबले ज्यादै धनि गोसाईकुण्ड गाउँपालिकाको विशेषता भनेको यस गाउँपालिकामा अवस्थित लाङटाङ राष्ट्रिय निकुञ्ज हो । त्यसका साथै यस गाउँपालिकामा रहेको गोसाईकुण्ड ताल नेपालीहरुको लागि धार्मिक स्थलको रुपमा पनि परिचित छ । हरेक वर्ष हजारौं नेपाली तथा विदेशीहरु यस क्षेत्रमा घुम्न आउने गर्छन् ।यस गाउँपालिकामा वडा नं १- थुमन, वडा नं २- टिमूरे, वडा नं ३- बृद्धिम, वडा नं ४- लाङटाङ, वडा नं ५ - स्याफ्रुबेंसी र वडा नं ६- धुञ्चे पर्छन् । गाउँ कार्यपालिकाको कार्यालय हाल वडा नं ५ स्याफ्रुबेंसीमा सञ्चालित छ ।